नेकपाले टुंग्यायो उम्मेदवारः कास्कीमा रवीन्द्र पत्नी भट्टराई, बागलुङमा जनमोर्चालाई समर्थन

काठमाडौँः काठमाडौं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०ले मंसिर १४ गते हुने उपनिर्वाचनका लागि उम्मेदवार टुंगो लगाएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार साँझ बसेको सचिवालय बैठकले उम्मेदवार तोकेको हो। प्रदेश कमिटीको सिफारिसलाई सचिवालयले बैठकले अन्तिम रुप दिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।

श्रेष्ठका अनुसार प्रतिनिधिसभातर्फ कास्की २ मा स्वर्गीय रवीन्द्र अधिकारीकी पत्नी विद्या भट्टराईलाई उम्मेदवार बनाउने निर्णय भएको छ। भट्टराई हाल त्रिभुवन विश्वविद्यालयको स्थायी सेवा छिन्।

यस्तै, प्रदेशसभातर्फ दाङ ३ (ख) मा विमला वली र भक्तपुर १ (क) मा देवीप्रसाद ढकाललाई उम्मेदवार बनाउने निर्णय भएको छ।

बागलुङमा २ (ख) मा भने नेकपाले राष्ट्रिय जनमोर्चालाई सघाउने निर्णय गरेको छ। यसअघि पनि उक्त रिक्त स्थानमा नेकपाले जनमोर्चालाई नै समर्थन गरेको थियो।

धरान उपमहानगरपालिकाको मेयरमा प्रकाश राईलाई उम्मेदवार बनाउने नेकपाले निर्णय गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए।