प्रधानमन्त्रीलाई भेटेर विप्लवले भने-विद्रोहको बलमा बनेको सरकारलाई हाम्रो पूरा समर्थन छ

प्रधानमन्त्रीलाई भेटेर विप्लवले भने-विद्रोहको बलमा बनेको सरकारलाई हाम्रो पूरा समर्थन छ

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सहितका नेताहरुले प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता गरेका छन् । आज (बिहीबार) बालुवाटारमा नेकपा (माओवादी) का महासचिव विप्लव र प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले प्रधानमन्त्री कार्कीसँग भेटवार्ता गरेका हुन् ।

प्रधानमन्त्री कार्कीसँगको भेटवार्ताका क्रममा समसामयिक राजनीतिक विषयमा छलफल भएको थियो । नेकपा (माओवादी) का महासचिव विप्लवले विद्रोहको बलमा बनेको वर्तमान सरकारलाई आफूहरुको पूर्ण समर्थन र साथ रहेको पनि बताए । उनले अहिलेको अवस्थालाई सुरक्षित निकासका लागि राजनीतिक समझदारीलाई बृहत बनाउदै लग्नुपर्ने धारणा पनि राखे ।

विप्लवले जेन–जी युवाहरुले आन्दोलनको क्रममा उठाएका मागहरुबारे पनि प्रधानमन्त्री कार्कीको ध्यानाकर्षण गराए । विप्लव नेतृत्वको नेकपा (माओवादी) पहिलो पटक संसदीय चुनावमा भाग लिने तयारीमा रहेको छ ।