धनुषामा गोली हानेर वडाध्यक्षको ह*त्या

धनुषामा गोली हानेर वडाध्यक्षको ह*त्या

जनकपुरधाम। धनुषाको मिथिला बिहारी नगरपालिकाका वडाध्यक्षको गोली प्रहार गरी हत्या भएको छ।

धनुषाको मिथिला बिहारी नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष विन्देश्वर यादवको गोली हानेर हत्या भएको हो।

शुक्रवार साँझ ६ बजेतिर अज्ञात समूहले उनीमाथि गोली प्रहार गरेर भागेको स्थानीय प्रत्यक्षदर्शीहरूले बताएका छन्।

उनको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको जिला प्रहरी कार्यालय धनुषाले जनाएको छ।