काठमाडौं । विघटित प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक रहेका नेता सन्तोष परियारले रास्वपा छाडेका छन् । उनले पार्टीका कार्यवाहक सभापति डीपी अर्याल र महामन्त्री कवीन्द्र बुर्लाकोटोलाई राजीनामा बुझाएका छन् ।
परियार रास्वपाभित्र नेतृत्व परिवर्तनको पक्षधर थिए । चितवनमा भएको विस्तारित बैठकमा उनले पार्टीको महाधिवेशनको समेत माग गरेका थिए । परियारले रास्वपा छाडेर छुट्टै राजनैतिक अभियान सुरु गर्न लागेको बताइएको छ ।