काठमाडौं। मधेश प्रदेश सभाका ५ जना सदस्य पदमुक्त भएका छन्। प्रदेश सभामा लगातार १० वटा बैठकमा अनुपस्थित रहेको भन्दै सभामुख रामचन्द्र मण्डलले ५ जनालाई प्रदेश सभा सदस्यबाट पद मुक्त गरेका हुन्।
मधेस प्रदेश सभा सचिवालयले बिहीबार राती जारी गरे पत्रअनुसार पदमुक्त हुनेमध्ये ४ जना उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीका र १ जना नागरिक उन्मुक्ति पार्टीका सांसद छन्।
सभामुख रामचन्द्र मण्डलमाथि अविश्वास प्रस्ताव दर्ता भएपछि उनले ५ जना सांसदलाई कारबाही गरेका हुन्। पदमुक्त हुनेमा उर्मिला देवी सिंह, मनीषकुमार सुमन, संजयकुमार यादव, सिंहासन सा कलवार र सारदा संकर प्रसाद कलवार रहेका छन्।