काठमाडौं। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अब प्रतिनिधिसभा पुनर्स्थापना भए पनि प्रधानमन्त्री नबन्ने बताएका छन्। उनले आफूनिकट नेताहरुसँग यस्तो ब्रिफिङ गरेका हुन्।
एमालेका नेता आनन्द पोखरेलका अनुसार ओलीले अब आफू प्रधानमन्त्री नबन्ने र बरु संसद् पुनर्स्थापना गरेर सांसद नरहेको व्यक्ति पनि प्रधानमन्त्री बन्न सक्ने व्यवस्था गर्न चाहेको बताए थिए ।
‘केपी ओलीले म प्रधानमन्त्री हुन्न भनिसक्नुभयो । संसद् पुनर्स्थापना भए पनि प्रधानमन्त्री हुन्न । जेन-जीका माग पूरा गर्ने र गैर सदस्य (सांसद नहरेको व्यक्ति) पनि प्रधानमन्त्री हुन पाउने गरी संविधान संशोधन गरेर अहिलेका आवश्यकता र मुद्दालाई सम्बोधन गरेर अगाडि जानुपर्छ भनेर स्पष्ट दृष्टिकोण राखिसक्नु भएको छ,’ एमाले नेता पोखरेलले भने ।