मधेश प्रदेश सरकारलाई दीर्घकालीन निर्णय नगर्न अन्तरिम आदेश

मधेश प्रदेश सरकारलाई दीर्घकालीन निर्णय नगर्न अन्तरिम आदेश

काठमाडौँ। मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको सरकारलाई दीर्घकालीन महत्त्वका निर्णय नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ।

कानूनका विद्यार्थी रक्कीप्रसाद साहद्वारा दायर रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश टेकप्रसाद ढुंगानाको एकल इजलासले मंगलबार उक्त आदेश दिएको हो।

सर्वोच्च अदालतको यो आदेश मुद्दाको अन्तिम किनारा नलागेसम्म कायम हुनेछ ।