काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान अवरुद्ध भएको छ। विमानस्थलमा रन-वे बत्तिमा समस्या भएपछि अन्तर्राष्ट्रिय उडान अवरुद्ध भएको जनाइएको छ। यद्यपि समस्या समाधानको लागि प्राविधिक कामको थालनी गरिएको विमानस्थल स्रोतले जनाएको छ।
अन्तर्राष्ट्रिय उडानका जहाजहरू होल्ड गराइएको छ। आन्तरिक उडानका जहाजहरू विमानस्थलमै रोकिएका छन्।