वर्षमान पुनको ह्वाट्सएप नम्बर ह्याक

वर्षमान पुनको ह्वाट्सएप नम्बर ह्याक

काठमाडौं। नवगठित नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्वअर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ को ह्वाट्सएप नम्बर ह्याक भएको छ। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् आफूले प्रयोग गर्दै आएको ह्वाट्सएप नम्बर ह्याक भएको पुष्टि गरेका छन्।

नेता पुनले आफूले प्रयोग गर्दै आएको नम्बरबाट अनधिकृत सन्देश आइरहेको भन्दै सचेत रहन आग्रह पनि गरेका छन्। ‘सावधान ! मेरो ह्वाट्सएप नम्बर ह्याक भएर अनधिकृत म्यासेज आइरहेकोले सचेत रहन अनुरोध गर्दछु,’ उनले फेसबुकमा लेखेका छन्।