काठमाडौं। नेपाल ट्रष्टको नाममा दर्ता रहेको दरबारमार्गस्थित जग्गा ठगी तथा आपराधिक विश्वासघातको आरोपमा पूर्व सह–सचिव लेखबहादुर कार्की पक्राउ परेका छन् ।
कार्कीले नेपाल ट्रष्टको कार्यालय र थामशेर्क ट्रेकिङ प्रा.लि.बीच भएको लिज सम्झौतामा बदनियतपूर्वक कानूनी प्रक्रिया उल्लंघन गरी ट्रष्टलाई दीर्घकालीन हानी नोक्सानी हुने गरी सम्झौता गरेको आरोप छ ।
सम्झौतामा सूचनामा उल्लेख भएको कित्ता नं.४६०६ बाहेक अर्को कित्ता नं. ४६०५ समेत थप गरी संचालक समितिको निर्णय विना नै मोडेलमा तीन वर्षको निर्माण अवधि र ३० वर्षको लिज सम्झौता गरिएको पाइएको छ ।