काठमाडौं। गत भदौ २४ गते जेन-जी आन्दोलनको क्रममा पोखराको वरपिपल रिसोर्टमा आगजनी गरेको आरोपमा पाँच जना पक्राउ परेका छन्।
नेपाली कम्युनिष्ट पार्टी (तत्कालीन माओवादी) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ को लगानी रहेको भन्दै उक्त रिसोर्टमा जेन-जी आन्दोलनको क्रममा आगजनी भएको थियो।
रिसोर्ट आगजनीमा संलग्न रहेको आरोपमा कराते प्रशिक्षक २९ वर्षीय रूपक नेपालीसहित ५ जनालाई कास्की प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा रुपकसहित पोखरा-१८ बस्ने ४२ वर्षीय खड्कबहादुर थापा, ३२ वर्षीय खुमराज गुरुङ, ४७ वर्षीय नवराज खड्का र २७ वर्षीय एलिसा गुरुङ छन्।