आज यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

आज यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं। हाल नेपालमा पश्चिमी वायुको प्रभाव छ। उक्त प्रभावका कारण अहिले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा सामान्य बदली, बाँकी क्षेत्रमा आंशिक बदली छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र पहाडी क्षेत्रमा सामान्य बदली हुनेछ। गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिमका पहाडमा थोरै स्थानमा हल्का-मध्यम वर्षासहित हिमपात, अन्य पहाडमा एक-दुई स्थानमा हल्का वर्षा हुने अनुमान गरिएको छ। लुम्बिनी र सुदूरपश्चिम तराईमा एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

त्यस्तै, आज राति बागमती, गण्डकी, लुम्बिनी र पहाडी क्षेत्रमा सामान्य बदली हुनेछ। गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिमका पहाड–हिमालमा थोरै स्थानमा हल्का-मध्यम वर्षा, उच्च क्षेत्रमा हिमपातको सम्भावना रहेको छ।