अवैध गोरु तस्करीमा प्रहरीको सफलता, २५ गोरु बरामद

अवैध गोरु तस्करीमा प्रहरीको सफलता, २५ गोरु बरामद

हेटौँडा। बागमती प्रदेशको राजधानी हेटौँडामा अवैध गोरु तस्करीको धन्दा बढिरहेको आशंकाबीच प्रहरीले ठूलो सफलता हासिल गरेको छ। 
गतराति हेटौँडा उपमहानगरपालिका वडा नं ३, बस्तीपुरबाट २५ वटा गोरुसहित ट्रक र त्यसका चालक तथा सहचालकलाई नियन्त्रणमा लिइएको छ।

पशु निर्देशनालय मकवानपुरका अनुसार, बरामद ट्रक ०२–०३–०१ ख ०७०७ नम्बरको रहेको छ। यस घटनाले हेटौँडामा चलिरहेको तस्करी सञ्जालको गहिराइ थप पुष्टि गरेको छ।

पशु निर्देशनालय मकवानपुरका प्रमुख बज्रकिशोर ठाकुरले पक्राउ परेका चालक र सहचालकलाई प्रचलित कानुन अनुसार कारबाही गरिने जानकारी दिएका छन।

तर यति ठूलो संख्यामा गोरु लामो दूरीसम्म, सम्भवतः अन्तर्राष्ट्रिय सीमासम्म पु¥याउन प्रहरी प्रशासनभित्र ‘सेटिङ’ भएको आशंका गरिएको छ।

पशु निर्देशनालयले पनि बरामद गरिएको गोरुको संख्या र ट्रकको विवरण पुष्टि गर्दै, अवैध पशु ओसारपसार नियन्त्रण गर्न थप कडाइ गर्नुपर्ने माग गरेको छ। 
प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको र तस्करीमा संलग्न अन्य व्यक्तिहरूको पहिचान गरी कारबाही प्रक्रिया अघि बढाउने जनाएको छ। विशेषज्ञहरूले अवैध निकासी रोक्न स्थानीय सरकार, प्रहरी प्रशासन र सम्बन्धित निकायबीच प्रभावकारी समन्वय आवश्यक भएको बताएका छन्।