विद्युत् प्राधिकरण अगाडि भाषण गर्दागर्दै ढलेका जिफन्ट उपाध्यक्ष गौतमको मृत्यु

विद्युत् प्राधिकरण अगाडि भाषण गर्दागर्दै ढलेका जिफन्ट उपाध्यक्ष गौतमको मृत्यु

बुटवल। नेकपा एमाले निकट मजदुर संगठन जिफन्टका केन्द्रीय उपाध्यक्ष कमल गौतमको निधन भएको छ। भैरहवास्थित विद्युत् प्राधिकरणको कार्यालय अगाडि ट्रंकलाइन विवादमा उद्योगहरूमा विद्युत् लाइन काटिएको विरोध कार्यक्रममा उद्योगी र मजदुरले गरेको विरोध प्रदर्शनमा उनी भाषण गर्दागदै बेहोस भएर ढलेका थिए।

उनलाई तत्कालै थप उपचारका लागि अस्पताल लगिएको थियो। मणिग्रामस्थित क्रिमसन अस्पताल पुर्‍याइएकोमा चिकित्सकले मृत घोषणा गरेको अस्पतालका जनसम्पर्क अधिकृत चन्द्रकान्त बस्यालले जानकारी दिए।

६५ वर्षीय गौतम हृदयघातका भएर ढलेका थिए। अस्पताल पुर्‍याएपछि चेकजाँच गर्दा चिकित्सकले हृदयघातका कारण मृत्यु भइसकेको जानकारी गराएको बस्यालले बताए।

बुटवल उपमहानगरपालिका–३ ज्योतिनगरका स्थायी बासिन्दा गौतम नेकपा एमालेका केन्द्रीय सदस्य समेत हुन्। २०५४ सालदेखि पार्टी र जिफन्टमा सक्रिय गौतमका दुई छोरा र श्रीमती रहेका छन्।

नेपाल विद्युत् प्राधिकरणले ट्रंकलाइन प्रयोग गरेको भन्दै बुटवल–भैरहवा कोरिडोरका १० उद्योगमा लाइन काटेको विरोधमा उद्योगीका संस्था र मजदुरले संयुक्तरूपमा आयोजना गरेको विरोध प्रदर्शनमा गौतम मजदुरहरूको तर्फबाट वक्ताका रुपमा गएका थिए।