कञ्चनपुर। इजरायल–हमास युद्धका क्रममा मृत्य भएका विपिन जोशीको आज कञ्चनपुरस्थित महाकाली नदी किनारमा अन्त्येष्टि गरिएको छ। महाकालीको भुजेलाघाटमा उनले अन्त्येष्टि गरिएको हो।
विपिन जोशीको सम्मानमा सशस्त्र प्रहरीले सलामी अर्पण गरेको थियो। सोमबार दिउँसो काठमाडौं ल्याइपुर्याइएको विपिनको शव नेपाली सेनाको स्काइ ट्रकबाट धनगढी हुदैँ कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भाषीस्थित घर पु¥याइएको थियो।
शव हस्तान्तरण गर्न उनको घर पुगेका नेपालस्थित इजरायली दूतावासका अधिकारीहरुसहित आज बिहान शवयात्रा निकाली महाकालीको भुजेलाघाटमा अन्त्येष्टि गरिएको छ। ।
अन्त्येष्टिमा विपिनका परिवार, इष्टमित्र, जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी, नगर प्रहरी लगायत सहभागी थिए।
विपिन सन् २०२३ मा अध्ययनका लागि इजरायल पुगेका थिए भने इजरायल पुगेको केही दिनमै हमासको आक्रमणमा परेका थिए।