केपी ओली पहिला कानूनभन्दा माथि हुनुहुन्थ्यो, अब त्यस्तो हुँदैनः गृहमन्त्री अर्याल

केपी ओली पहिला कानूनभन्दा माथि हुनुहुन्थ्यो, अब त्यस्तो हुँदैनः गृहमन्त्री अर्याल

काठमाडौं। गृहमन्त्री ओमप्रकाश अर्यालले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीमाथि छानविन र कारबाही हुने बताएका छन्।

सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विपिन जोशीमाथि श्रद्धाञ्जली अर्पण गर्न जाने क्रममा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले कानूनभन्दा माथि कोही पनि नरहेको बताएका हुन् ।

पहिला–पहिला केपी ओली कानूनभन्दा माथिजस्तो देखिए पनि अब त्यस्तो नहुने उनको भनाइ छ । ‘केपी ओलीमात्रै कानूनभन्दा माथि बस्ने, पहिला त्यस्तो थियो । अब त्यस्तो हुँदैन,’– उनले भने ।

साथै, उनले पूर्व प्रधानमन्त्री ओलीलाई काठमाडौ. उपत्यका छोड्नका लागि सरकारले रोक नलाएको बताए । ओलीलाई उपत्यका छाड्न भदौ २३ र २४ गतेको घटना जाँचबुझ आयोगले रोक लगाएको उनले बताए । ‘आयोगले गरेको हो । आयोगलाई भन्नु पर्यो नि । सरकारले गरेको होइन नि उहाँलाई ?’ उनले भने ।