सुनकोशी नदीमा बोलेरो खस्दा १३ जना घाइते (नामावलीसहित)

सुनकोशी नदीमा बोलेरो खस्दा १३ जना घाइते (नामावलीसहित)

रामेछाप। असोज १३ गते काठमाडौंबाट सिन्धुलीको गोलन्जोरतर्फ आइरहेको बोलेरो जीप सुनकोशी नदीमा खस्दा १३ जना घाइते भएका छन्।

बा २० च ९३१ नम्बरको बोलेरो खुर्कोट नजिकै सडकबाट अनियन्त्रित भई सुनकोशी नदीमा खसेको प्रहरीले जनाएको छ। दुर्घटनापछि स्थानीयवासी र सुरक्षाकर्मीहरूले तत्काल उद्धार गरी घाइतेहरूलाई खुर्काेटको सामुदायिक अस्पताल र सुनकोशी अस्पतामा पुर्याएका थिए।

उनीहरुको उपचार जारी छ। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

घाइतेहरूको विवरण यसप्रकार छः

१) मालती खुलाल, २०, गोलन्जोर–४– छाती र ढाडमा चोट (अवस्था सामान्य)

२) भोजबहादुर थापा मगर, १७ – निधार, आँखा र टाउकोमा चोट (अवस्था मध्यम)

३) प्रेम मगर, २३ – टाउकोमा चोट (अवस्था गम्भीर)

४) जम्पा खुलाल मगर, २२ – निधारमा चोट (अवस्था सामान्य)

५) सुसन मगर, ११ – निधारमा चोट (अवस्था मध्यम)

६) केदार थापा मगर – छातीमा चोट (अवस्था मध्यम)

७) रोजिना थापा मगर, २० – छातीमा चोट (अवस्था मध्यम)

८) ज्ञानेन्द्र मगर, २२ – टाउको र छातीमा चोट (अवस्था सामान्य)

९) तारा बहादुर खुलाल, ३५ – नाक, बायाँ कम्मर र छातीमा चोट (अवस्था मध्यम)

१०) नितेश मगर, ८ – सामान्य चोट (अवस्था सामान्य)

११) रोश्मी मगर, २२ – सामान्य चोट (अवस्था सामान्य)

१२) ओम आले मगर, २५ – छाती र ढाडमा चोट (अवस्था सामान्य)

१३) ओमबहादुर राना, २६ (चालक) – दुबै खुट्टाको घुँडामा चोट (अवस्था सामान्य)