काठमाडौं। सरकार प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले शीर्ष नेताहरूको पासपोर्ट रोक्का गर्ने विषयमा अध्ययन भैरहेको प्रतिक्रिया दिएका छन् ।
कांग्रेस सभापति शेरबहादुर देउवा दम्पतिको पासपोर्ट रोक्का राख्न लागिएको समाचार बाहिरिएपछि आज पत्रकारहरुले सोधेको प्रश्नमा सरकारका प्रवक्ता खरेलले अहिले अध्ययन गरिएको प्रतिक्रिया दिएका हुन् ।
बिहीबार मन्त्रिपरिषद् बैठकलगत्तै पत्रकारहरुसँगको कुराकानीमा मन्त्री खरेलले शीर्ष नेताहरुको राहदानी (पासपोर्ट) रोक्का गर्नेबारे राज्यका संयन्त्रले अध्ययन गरिरहेको स्पष्ट पारेका हुन् ।
यसबारे उनले भनेका थिए‘पासपोर्ट रोक्काको सन्दर्भमा खासगरी भ्रष्टाचार, अनियमितता, विभिन्न अपराधसँग जोडिएका ठूला साना जेसुकै अवस्था हुन् राज्यका संयन्त्रहरूले अनुसन्धान गरिरहेको छ, राहदानीको सन्दर्भमा पनि केकसो गर्ने भनेर अनुसन्धान अघि बढेको छ।’