काठमाडौं-नारायणगढ रुटमा साझाको सटल बस, एकतर्फी भाडा तीन सय रुपैयाँ

काठमाडौं-नारायणगढ रुटमा साझाको सटल बस, एकतर्फी भाडा तीन सय रुपैयाँ

काठमाडौं। साझा यातायातले दशैं पर्वलाई लक्षित गर्दै काठमाडौं-नारायणगढ खण्डमा शटल बस सञ्चालन गरेको छ । साझा यातायातले मंगलबारदेखि यो सेवा सुरुआत गरेको हो । यो सेवा आगामी कोजाग्रत पूर्णिमासम्म यथावत रहनेछ । काठमाडौं नारायणगढ र नारायणगढ काठमाडौंको एकतर्फी भाडादर ३ सय रुपैयाँ तय गरिएको छ ।

पुलचोक साझा यातायातबाट निस्कने बस लगनखेल, सातदोवाटो, कोटेश्वर, गौशाला, चक्रपथ, गौगबु बसपार्कहुँदै कलंकीबाट नारायणगढको लागि प्रस्थान गर्ने रुट तय गरिएको छ ।

यो वस बिहान ७ बजे सुरु भएर प्रत्येक १ घण्टाको अन्तरालमा यात्रु लिएर नारायणगढको लागि छुट्ने व्यवस्था गरिएको छ । साझा बस बिहान ७, ८, ९, १०, ११ र १२ बजे नारायणगढको लागि छुट्ने व्यवस्था गरिएको छ । यस्तै उक्त बस नारायणगढ पुगेपछि उताबाट यात्रु बोकेर पुनः काठमाडौंतर्फ फर्किने छन् । साझा यातायातले सिट वाहेक मुढामा बसेर यात्रा गर्न प्रतिवन्ध गरेको छ ।