कङ्गोमा दादुराको महामारी

कङ्गोमा दादुराको महामारी


काठमाण्डौ : कङ्गो सहित बिश्वभरी नै दादुरा रोगको महामारी फैलिएको छ । देशको सबै प्रान्तमा फैलिएको महामारीबाट सन् २०१९ मा मात्र करिब पाँच हजार मानिसको मृत्यु भएको छ । संक्रमित हुनेको संख्या साँढे दुई लाख रहेको जनाईएको छ । विश्व स्वास्थ्य सङ्गठन ९डब्ल्यूएचओ० ले यो

संसारकै सबैभन्दा ठूलो र चाँडो फैलिरहेको महामारी भनेको छ । १५ महिनाको अवधिमा इबोलाले भन्दा दुई गुणा बढी मानिसको मृत्यु दादुराबाट भएको जनाइएको छ । आठ लाख बालबालिकालाई खोप दिन गत सेप्टेम्बरमा कङ्गो सरकार र डब्ल्यूएचओले आपतकालीन कार्यक्रम सञ्चालन गरेका थिए । कमजोर पूर्वाधार, स्वास्थ्य केन्द्रमाथि गरिने आक्रमण र नियमित स्वास्थ्य सेवामा पहुँच नहुँदा दादुरा संक्रमण रोक्ने प्रयासमा असर परेको छ ।

पर्याप्त खोप उपलब्ध नहुँदा अहिलेसम्म ४० लाख बालबालिकालाई मात्र खोप लगाउन सकिएको छ । जबकी खोप लगाउनुपर्ने बालबालिकाको संख्या योभन्दा आधा बढी रहेको जनाइएको छ । दादुराकै कारण विश्वभर वर्षेनी एक लाख १० हजार मानिसको मृत्यु हुने गरेको अनुमान छ ।