भदौ २३ र २४ गतेको घट्नाको छानबिन गर्न उच्चस्तरीय आयोग गठन

भदौ २३ र २४ गतेको घट्नाको छानबिन गर्न उच्चस्तरीय आयोग गठन

काठमाडौं। सरकारले गत भदौ २३ र भदौ २४ गते भएको जेनजी आन्दोलनको घट्नाको छानबिनको लागि उच्चस्तरीय आयोग गठन गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा छानबिन आयोग गठन गरेको हो ।

उक्त आयोगको सदस्यमा पूर्व एआईजी विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वरप्रसाद भण्डारी सदस्य बनाईएको छ । आयोगको लागि तीन महिनाको समय तोकिएको छ ।

जेन जी आन्दोलनको पहिलो दिन भदौ २३ गते १९ जना युवाको ज्यान गएको थियो । दोस्रो दिन भदौ २४ गते पनि ठूलो संख्यामा नागरिकको ज्यान गएको छ । सरकारले उपलब्ध गराएको जानकारीअनुसार अहिलेसम्म ७३ जनाको ज्यान गएको छ ।