काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीकी धर्मपत्नी राधिका शाक्य बालकोटस्थित आफ्नो जलेर खण्डहर बनेको घर पुगेकी छन्। जलेर खण्डहर बनेको घर देखेपछि उनी भक्कानिएको एमाले नेता महेश बस्नेतले जानकारी दिए।
बस्नेतले सामाजिक सञ्जालमा लेखेका छन्, ʻबालकोट आमाकोको पीडा, एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीकी धर्मपत्नी राधिका शाक्य आफ्नो जलेर खण्डहर बनेको घर पुगेपछि रोक्न नसक्ने आँसुमा भक्कानिनुभयो।ʼ
राधिकालाई उद्धृत गर्दै बस्नेतले थप लेखेका छन्,ʻउहाँले भन्नुभयो, यो त केवल घर जलाएको मात्र होइन, इतिहासको धरोहर नै नष्ट गरिएको हो। हामीले राष्ट्रकै नाममा सुम्पेको सम्पत्ति जलाएर आखिर कसलाई के फाइदा भयो ?ʼ
घरभन्दा ठुलो धरोहर जलाएको भन्दै राधिकाले यसले राष्ट्रलाई कुनै लाभ नदिएको उल्लेख गरिन्। उल्टै यसले पीडाको ठुलो छाल मात्र छाडेको उनको भनाइ छ। ओली निवास बालकोट जेनजी आन्दोलनका क्रममा जलाइएको थियो।