जेनजी आन्दोलनसँग बारबरा फाउन्डेसनको नाम जोडेर भ्रामक प्रचार भएको भन्दै आपत्तिकाठमाडौं । बारबरा फाउन्डेसनले जेनजी आन्दोलनसँग आफ्नो संस्थाको नाम जोडेर भइरहेको भ्रामक प्रचारप्रति आपत्ति जनाएको छ।
आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा फाउन्डेसनका अध्यक्ष डा सन्दुक रुइतले “हामी नेपाल” नामक संस्थासँग विगतमा कोभिड महामारीको समयमा मात्र सहकार्य भएको भए पनि हाल कुनै आर्थिक वा कार्यक्रमगत सम्बन्ध नरहेको स्पष्ट पारे।
उनले आन्दोलनका लागि फाउन्डेसनले आर्थिक सहयोग गरेको भन्ने आरोप निराधार भएको दाबी गर्दै नागरिकलाई मूल मुद्दाबाट भड्काउने मनशायले चरित्र हत्या गर्ने कार्य नगर्न आग्रह गरे।
फाउन्डेसनले आफ्ना वित्तीय विवरण सार्वजनिक गर्दै विगत आठ वर्षमा ब्याज आम्दानीलगायत गरी करिब ७ करोड ८२ लाख प्राप्त भएको र हाल करिब ३ करोड ९५ लाख रुपैयाँ बैंक मौज्दात रहेको जानकारी दिएको छ।