नेपालमा पहिलो महिला प्रधानमन्त्रीका रूपमा सुशीलाजी आउनु महिला सशक्तीकरणको महत्वपूर्ण उदाहरण हो : मोदी

नेपालमा पहिलो महिला प्रधानमन्त्रीका रूपमा सुशीलाजी आउनु महिला सशक्तीकरणको महत्वपूर्ण उदाहरण हो : मोदी

काठमाडौं। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नवनियुक्त प्रधानमन्त्री सुशिला कार्कीलाई बधाई दिएका छन् ।

भारतको मणिपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले प्रधानमन्त्रीमा सुशिला कार्कीको नियुक्तीलाई लिएर महिला सशक्तीकरणको उदाहरण भनेका छन् ।

सम्बोधनको क्रममा उनले भने,‘मलाई विश्वास छ नेपालमा शान्ति, स्थिरता र समृद्धिको मार्ग प्रशस्त गर्नु हुनेछ । नेपालको पहिलो महिला प्रधानमन्त्रीका रुपमा सुशीलाजी आउनु महिला सशक्तीकरणको महत्वपूर्ण उदाहरण हो, आज नेपालका यस्ता हरेक व्यक्तिको सरहाना गर्छु, जसले यो अस्थिरताको माहोलमा पनि लोकतान्त्रिक मूल्यलाई सर्वोपरी राखेका छन् ।’ आज विहान उनले सामाजिक सञ्जालमार्फत पनि नवनियुक्त प्रधानमन्त्री कार्कीलाई बधाई दिइसकेका थिए ।