सागको ओलम्पिक टर्च र्‍याली स्वयम्भूबाट सुरू

सागको ओलम्पिक टर्च र्‍याली  स्वयम्भूबाट सुरू

काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद (साग)को ओलम्पिक टर्च र्‍याली शुक्रबार स्वयम्भूबाट सुरू भएकाे छ ।

बिहान राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवालले टर्च प्रज्वलनगरी पूर्व ओलम्पियनको समुहलाई हस्तान्तरण गरेका हुन् । र्‍यालीमा सहभागि ओलम्पियनको समूहले स्वयम्भू तीन चोटी परिक्रमा गरी शुक्रबार नै प्रदेश नम्बर एकको राजधानी विराटनगर प्रस्थान गरेको छ ।

र्‍याली काठमाण्डाै विराटनगर, जनकपुर, हेटौडा, चितवन, लम्बिनी, बुटवल, सुर्खेत, नेपालगञ्ज, धनगढी, पोखरा हुदै मंसिर १५ गते पुनः काठमाण्डाै आइपुग्नेछ । टर्च र्‍यालीको जिम्मेवारी राष्ट्रिय खेलकुद परिषदले राष्ट्रिय तथा अनतर्राष्ट्रिय खेलाडी संघलाइ दिएको छ । टर्च  र्‍यालीमा करातेका दिपक श्रेष्ठ सहित १३ खेलाडीको सहभागि रहेको छ ।