मौसम पूर्वानुमान : देशका केही स्थानमा मध्यम वर्षाको सम्भावना

मौसम पूर्वानुमान : देशका केही स्थानमा मध्यम वर्षाको सम्भावना

काठमाडौं। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी भू-भागका केही स्थानहरूमा र बाँकी प्रदेशका तराई भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ।

आज राति कोशी प्रदेशलगायत देशका पहाडी भू-भागमा साधारणतया बदली तथा बाँकी भू-भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ। देशका पहाडी भू-भागका केही स्थानहरूमा र तराई भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ।