सामाजिक सञ्जाल बन्द गर्ने निर्णयप्रति बाँस्कोटाको आपत्ति, ‘सरकारले नर्थ कोरिया पो बनाउने भएछ’

सामाजिक सञ्जाल बन्द गर्ने निर्णयप्रति बाँस्कोटाको आपत्ति, ‘सरकारले नर्थ कोरिया पो बनाउने भएछ’

काठमाडौं। नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारले सामाजिक सञ्जाल बन्द गर्ने भनेर गरेको निर्णयको विरोध गरेका छन् । आफूले नियमनको प्रविधिको प्रवन्ध मिलाउने र कानून बनाउने भनेको पनि स्मरण गराएका छन् ।

तर, सरकारले नर्थ कोरिया (उत्तर कोरिया) बनाउने भएछ भनेर आलोचना गरेका छन् । उनले विकृतिको अन्त्य गर्न सूचनामा बिर्को लगाउने होइन भनेका छन् । यसअघि नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पनि सरकार उल्टो बाटोमा हिँडेको भनेर आलोचना गरेका छन् ।

उनले तत्काल सोसल मिडिया बन्द गर्ने निर्णयमा पूनर्विचार गर्न भनेका छन् । सरकारले आज राति १२ बजेबाट लागु हुनेगरि दर्ता हुन नआएका सोसल मिडिया बन्द गर्ने निर्णय गरेको छ ।