चार करोड नगद र ९ केजी सुनसहित पक्राउ परेका श्रेष्ठ मिटरब्याजी हुनसक्ने प्रहरीको निष्कर्ष

चार करोड नगद र ९ केजी सुनसहित पक्राउ परेका श्रेष्ठ मिटरब्याजी हुनसक्ने प्रहरीको निष्कर्ष

काठमाडौं। सुन र नगदसहित काठमाडौंको गोङ्गबुबाट पक्राउ परेका विनोद श्रेष्ठलाई राजश्व अनुसन्धान विभागमा बुझाइने भएको छ । हिजो (मंगलबार) प्रहरीले छापा मारेर श्रेष्ठको घरबाट ४ करोड २५ लाख ५० हजार नगद, ९ केजी ८३७ ग्राम सुनका गहना र ३ केजी २१८ ग्राम चाँदी बरामद गरेको थियो ।

गोरखा नगरपालिका–६ घर भएकाश्रेष्ठमाथि थप अनुसन्धान र कारबाहीका लागि राजस्व अनुसन्धान विभागमा पठाउने तयारी रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले बताएको छ ।

श्रेष्ठको घरबाट प्रहरीले चामलको बोरामा लुकाइराखेको अवस्थामा सो पैसा र सुनचाँदी फेला पारेको थियो । उनले धरौटीमा सुन लिएर मिटरव्याजमा पैसा दिँदै आएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानको निष्कर्ष रहेको छ ।