दोस्रो विश्वयुद्ध अन्त्य भएको खुशीयालीमा चीनले देखायो भव्य सैनिक परेड (तस्वीरहरु)

दोस्रो विश्वयुद्ध अन्त्य भएको खुशीयालीमा चीनले देखायो भव्य सैनिक परेड (तस्वीरहरु)

काठमाडौं। दोस्रो विश्वयुद्ध अन्त्य भएको खुशीयाली मनाउने क्रममा छिमेकी मुलुक चीनले भव्य सैनिक परेड देखाएको छ । आज (बुधबार) विहान ६ः४५ बजेदेखि सुरू भएको परेड साढे ८ बजे सकिएको थियो । परेडमा हजारौं सैनिकहरु सहभागी थिए ।

परेडलाई चीनका राष्ट्रपति सी जिनपिङले सम्बोधन गरेका थिए । परेडका क्रममा आधुनिक हतियारहरुसमेत देखाइएको थियो । सो परेड अनुगमनका लागि चीनले दर्जनौं मुलुकका राष्ट्र प्रमुख र सरकार प्रमुखलाई बोलाएको थियो । परेडको रूसी राष्ट्रपति भ्लादिमिर पुटिन, उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन, नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलगातले अवलोकन गरेका थिए । तस्बिरहरुः सिन्ह्वा रासस