काठमाडौं। मन्त्रिपरिषद्को यही भदौ १३ गते बसेको बैठकले गरेका विभिन्न निर्णयहरु सार्वजनिक भएका छन् । जसमा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको स्विकृतिदेखि सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोगको लागि अधिकृतस्तरका ५८ जनाको अस्थायी दरबन्दीको लागि स्वीकृति दिनेसम्मका निर्णय समेटिएका छन् ।
मन्त्रिपरिषद्ले श्रम अदालतको सदस्यमा झापा निवासी अधिवक्ता कुमारी दाहाललाई नियुक्त गरेको छ । यस्तै, मन्त्रिपरिषद्को पछिल्लो बैठकले कृषि मन्त्रालयका सचिव डा. गोविन्द प्रसाद शर्मालाई भारत भ्रमणको लागि स्विकृति प्रदान गरिएको छ ।


