काठमाडौं। रौतहटमा बन्द सुटकेसभित्र मृत भेटिएकी रुबी साहको हत्या आरोपी लक्ष्मण पासवानको मृत्यु भएको छ।
जलेको अवस्थामा भेटिएका पासवानलाई उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल ल्याइएको थियो । उनको उपचारको क्रममा बुधबार मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुलदीप चन्दले बताए।
पासवान रौतहटको माधवनारायण नगरपालिका–६ माधोपुरबाट पश्चिमतर्फको बगैंचा हुँदै बिसुनपुरवा–मानपुर जाने बाटोमा जलेर घाइते भएको अवस्थामा फेला परेका थिए ।
गत शनिबार गौर बजार जान भनेर डेराबाट निस्किएकी रुबीको शव सुटकेसमा प्याक गरेको अवस्थामा भेटिएको थियो ।
हत्या आरोपी भनिएका पासवाना भने आत्मदाह प्रयास गरेको अवस्थामा माधव नारायण नगरपालिका–६ स्थित नहर अगाडि आज बिहान करिब साढे ६ बजे फेला परेका थिए ।
उनले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए ।