काठमाडौं । बुबाको मुख हेर्ने दिन अर्थात कोशे औंसीको दिन शनिबार(आज)काठमाडौंको गोकर्णेश्वर मन्दिरमा भक्तजनहरुको भिड लागेको छ।
भाद्रकृष्ण औँसीका दिनमा गोकर्णेश्वरमा गई तर्पण, सिदादान र पिण्डदान गर्नाले २१ पुस्ता अघिदेखिका पितृहरू तर्दछन् भन्ने धार्मिक विश्वास रही आएकाले पनि उक्त मन्दिरमा भिड लाग्नेगर्छ।