बलात्कारको झुटो मुद्दा हाल्ने महिलालाई २० बर्षको जेल सजाय

बलात्कारको झुटो मुद्दा हाल्ने महिलालाई २० बर्षको जेल सजाय

काठमाडौं। राजस्थानको अलवरमा एक महिलालाई बलात्कारको झुटो आरोप लगाएको भन्दै २० वर्षको जेल सजाय सुनाइएको छ।

महिलाले आफ्नै भतिजामाथि बलात्कारको आरोप लगाएकी थिइन्। प्रहरी अनुसन्धानमा यी दुईबीच ६ महिनामा ८ सय ३२ पटक फोनमा कुराकानी भएको पाइएको छ।

अनि ती महिला आफैंले भतिजालाई घरमा बोलाउँथिन्। सबै आरोप झूटो पाएपछि अदालतले महिलालाई पोक्सो ऐन अन्तर्गत दोषी ठहर गरेको हो।

न्यायाधीश हिमाकणी गौरले आफ्नो फैसलामा काकीको हैसियत आमाको बराबर भएको र महिलाको यो कार्य लाजमर्दो भएको बताइन्।