काठमाडौं। काठमाडौं महानगरपालिकाको नगर प्रहरीले मनोहरामा रहेको सुकुम्बासी बस्तीमा डोजर चलाएको छ।
शुक्रबार नगरप्रहरी प्रमुख राजु पाण्डेसहितको टोलीले मनोहराको सुकुम्बासी बस्तीमा पुगेर अवैध रुपमा बनेका घर, टहरा र संरचनाहरु भत्काएको हो।
_20250815181028.JPG)
बस्तीमा डोजर चलेपछि नगर प्रहरी र नेपाल प्रहरीको टोलीमाथि सुकुम्बासीहरुले ढुंगामुढा प्रहार समेत गरेका थिए।
काठमाडौं र भक्तपुरको सीमाना पर्ने मनोहरा खोला किनारको सुकुम्बासी बस्तीमा अवैध रुपमा नयाँ घरहरुमा बनाइएको थियो।
_20250815181045.JPG)
व्यक्तिको जग्गामा बनेको संरचना हटाउन ७ दिनको समय दिएको थियो। व्यक्तिको जग्गामा नयाँ संरचना बनेपछि महानगरले डोजर चलाएको हो।