मुकुल ढकालको रिट खारेज

मुकुल ढकालको रिट खारेज

काठमाडौं। सर्वोच्च अदालतले रास्वपाका पूर्व महामन्त्री मुकुल ढकालले दायर गरेको रिट खारेज गरेको छ ।

ढकालले रास्वपाको महामन्त्रीको जिम्मेवारीमा फर्कन माग गर्दै यसअघि रिट दायर गरेका थिए ।

उनको रिटमाथि आज न्यायाधीशद्वय नहकुल सुवेदी र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले सो रिट खारेज गरेको हो ।