काठमाडौं। कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले आदिवासी जनजातिलाई अधिकार सुरक्षित गर्न समररर नेपाली कांग्रेसकाे महत्वपूर्ण भूमिका रहेकाे बताएका छन्।
कांग्रेसनिकट लोकतान्त्रिक आदिवासी जनजाति महासंघले विश्व आदिवासी दिवसकाे अवसरमा आयाेजना गरेकाे कार्यक्रममा सम्बाेधन गर्दै उनले कांग्रेसले नीतिगत तहमा प्रतिनिधित्व सुरक्षित गर्न खेलेकाे भूमिकाकाे चर्चा गरे।
कार्यक्रममा प्रमुख अतिथि रहेका पार्टी सभापति शेरबहादुर देउवाकाे उपस्थिती विश्व आदिवासी दिवसकाे कार्यक्रममा अर्थपूर्ण रहेका सिंहले बताए।
`शेरबहादुर देउवाले नै पार्टीकाे मेनिफेस्टाेमा लेखेकाे कदमजम ( कर्णाली,दलित, मधेसी,जनजाती, महिला) लाई सरकार हुँदा अगाडी बढाएका हुन्। त्यसैले पनि आज उनकाे उपस्थिति अर्थपूर्ण छ,´ कांग्रेस पूर्वमहामन्त्रीसमेत रहेका सिंहले भने,`नीति निर्माणकाे थलाे ( संघ, प्रदेश र स्थानीय तह) मा आदिवासी जनजातीकाे उल्लेखनीय प्रतिनिधित्व भएकाे छ। यसलाई अझै वृद्धि गर्दै लैजानुपर्छ।´
उनले प्राप्त उपलब्धिकाे संरक्षण गर्दै थप अधिकारहरूका लागि अघि बढ्नुपर्नेमा पनि जाेड दिए।