काठमाडौं। भारतको उत्तराखण्डमा सम्पर्कविहीन भएका धादिङका चार जना नेपाली नागरिक अहिले सकुशल अवस्थामा रहेको पुष्टि भएको छ।
धादिङका ज्वालामुखी गाउँपालिका–२ काफलपानीका लालबहादुर तामाङ, छोलामा तामाङ, फेलामा तामाङ र सिंहबहादुर तामाङ हाल सम्पर्कमा आएका छन् र सबै जना सुरक्षित छन् भन्ने जानकारी प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले दिए।
उनका अनुसार ज्वालामुखी गाउँपालिकाका अध्यक्ष यमनाथ दनैले ती चारै जना सुरक्षित रहेको खबर जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराएका हुन्।
केही दिनदेखि मोबाइल नेटवर्क अवरुद्ध भएका कारण उनीहरूसँग सम्पर्क टुटेको र यसले परिवार तथा स्थानीय तहमा चिन्ता उत्पन्न गराएको थियो।