उत्तराखण्ड बाढीमा बेपत्ता नेपालीको खोजीमा सरकारले कूटनीतिक पहल सुरु गरिसक्यो : परराष्ट्रमन्त्री

उत्तराखण्ड बाढीमा बेपत्ता नेपालीको खोजीमा सरकारले कूटनीतिक पहल सुरु गरिसक्यो : परराष्ट्रमन्त्री

काठमाडौं। परराष्ट्रमन्त्री आरजु राणाले भारतको उत्तराखण्डमा आएको बाढीमा बेपत्ता नेपालीहरूको खोजी र उद्धारका लागि सरकारले कूटनीतिक पहल सुरु गरिसकेको बताएकी छन्।

छिमेकी राष्ट्र भारतको उत्तराखण्डमा केही दिनअघिको बाढीमा परी केही नेपाली नागरिक पनि बेपत्ता भएको खबरले निकै दुःख लागिरहेको बताएकी छन्।

उनले भनेकी छन्, ‘उहाँहरूको खोजी र उद्धारका लागि नेपाल सरकारले कूटनीतिक पहल सुरु गरिसकेको छ । नयाँ दिल्लीस्थित नेपाली राजदूतावासलाई हराएका नेपाली नागरिकहरूको खोजी तथा उद्धारका लागि भारत सरकारसँग समन्वय गरी तदारुकताका साथ लाग्न निर्देशन दिएकी छु ।’

बाढीपछि झन्डै दुई दर्जन नेपाली सम्पर्कविहीन भएको खबर आएको छ।