काठमााडौं। नेपाल वायुसेवा निगमका वरिष्ठ क्याप्टेन रविन्द्र शेरचन सेवाबाट अवकाश हुँदैछन्।
सन् १९८८ देखि पाइलट सेवामा प्रवेश गरेका शेरचन आफ्नो कार्यकाल पुरागरि विहीबारदेखि अवकास हुन लागेका हुन्। निगममा निरन्तर ३७ वर्ष योगदान दिएका शेरचनले मंगलबार मलेसियादेखि काठमाडौंसम्मको आफ्नो अन्तिम उडान भरेका छन्।
उनले आफ्नो कार्यकाल अवधिमा निगममा २३,००० घण्टाको उडान गरिसकेका छन्। नेपालको उड्डयन क्षेत्रमा आफुले उल्लेखनीय योगदान गरेर अवकाश प्राप्त गर्न लागेकोमा आफू उत्साहित पनि भएको उनले बताएका छन्।
मलेसिया–काठमाडौं उडान पश्चात निगमका कर्मचारी तथा को पाइलट सहितको टिमले उनलाई केक काटेर विदाइ तथा सम्मान गरेका छन्।