अन्तरकलह अन्त्यकालागि उपनिर्वाचन जित्नुपर्छ : कांग्रेस सभापति देउवा

अन्तरकलह अन्त्यकालागि उपनिर्वाचन जित्नुपर्छ : कांग्रेस सभापति देउवा

चितवन : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले यही मङ्सिर १४ गते हुने उपनिर्वाचनमा कांग्रेसका उम्मेदवार विजयी भए पार्टीको आन्तरिक कलह अन्त्य हुने बताएका छन् ।

आज चितवनमा कार्यकर्तासँग छलफल गर्दै उनले पार्टीभित्रको आन्तरिक कलह अन्त्यका लागि पनि कांग्रेसका उम्मेदवार विजयी हुन आवश्यक रहेकोमा जोड दिए ।

उनले भ्रातृ सङ्गठनको विवाद पनि केन्द्रीय समितिको बैठकबाट अन्त्य हुने जानकारी दिए ।