संविधानमा भएका कमजोरी हटाउनका लागि पनि राजनीतिक स्थायित्व : उपप्रधानमन्त्री सिंह

संविधानमा भएका कमजोरी हटाउनका लागि पनि राजनीतिक स्थायित्व : उपप्रधानमन्त्री सिंह

काठमाडौं। उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले संविधानमा भएका कमीकमजोरी सच्याउनका लागि राजनीतिक स्थायित्व आवश्यक रहेको बताएका छन्। 

आज ‘ट्रान्सफरिङ नेपाल ब्यालेन्सिङ ग्रोथ विद् इक्युटी’ नामक पुस्तक विमोचन गर्दै उनले राजनीतिक स्थायीत्वमा जोड दिए। उनले संविधानसभाबाट संविधान बन्दाको अवस्था विर्सन नहुने भन्दै तत्कालीन समयको सहमतिको दस्तावेजका रुपमा संविधान आएको बताए। पुस्तक पुष्कर बज्राचार्य,मोहनदास मानन्धर र रोजन बज्राचार्यले संयुक्त रुपमा लेखेका हुन्। 

‘संविधानसभाबाट संविधान जारी गर्दाको पृष्ठभूमि बुझ्न जरुरी छ। २ पटक संविधानसभा विघटन भएको यथार्थ विर्सनुभएन,’ उनले भने, ‘संविधान सहमतिकै दस्तावेज हो। हामीले बनाएको संविधानमा भएको कमीकमजोरी हामीले नै हटाउने हो। त्यसका लागि पोलिटिकल स्ट्याबिलिटि जरुरी छ।' 

कार्यक्रममा बोल्ने वक्ताहरुले र संविधान संशोधनको विषय उठाएपछि उपप्रधानमन्त्री सिंहले यस्तो बताएका हुन्। उनले आज विमोचन भएको पुस्तकले देशले लिइरहेको आर्थीक नीतिको गहिरो अध्ययन गरेको भन्दै नेपालको समग्र अर्थतन्त्रलाई राम्रो बनाउने आधार खोज्न पुस्तकले बाटो देखाउने बताए। 

कार्यएक्रममा पूर्वअर्थमन्त्री सुरेन्द् पाण्डे, अर्थविद् अच्युत वाग्लेले पुस्तकका बारेमा आफ्नो धारणा राखेका थिए।