काठमाडौँ । काठमाडौंको नयाँ बानेश्वर–बबरमहल–माइतीघर क्षेत्रमा ट्राफिक अस्तव्यस्त भएको छ । शिक्षकहरूको आन्दोलनले नयाँ बानेश्वर–बबरमहल–माइतीघर क्षेत्रमा ट्राफिक अस्तव्यस्त बनेकाे छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी दीपक गिरीले बानेश्वर–बबरमहल–माइतीघर क्षेत्रमा ट्राफिक जाम रहेको जानकारी दिए ।शिक्षक र कर्मचारीको आन्दोलनले अस्तव्यस्त बनेको काठमाडौँमा केही समयपछि राप्रपाले पनि प्रदर्शन गर्ने तयारी गरेको छ ।