सिराहा । सिराहामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। कल्याणपुर नगरपालिका– ६ भोक्राहामा चट्याङ लाग्दा स्थानीय ४५ वर्षीय बेचन रोहिताको मृत्यु भएको इलाका प्रहरी कार्यालय कल्याणपुरले जनाएको छ।
थ्रेसरमा गहुँ झारेर घर फर्किने क्रममा चट्याङ लागेर बिहीबार साँझ उनको मृत्यु भएको हो। उनी कल्याणपुर नगरपालिकाका कार्यालय सहयोगीसमेत हुन्। बिहीबार कार्यालय बन्द गरेर घर गएका उनी श्रीमतीलाई लिएर बारीमा गहुँ झार्न गएका थिए।
घर फर्किने क्रममा वर्षासँगै परेको चट्याङले लाग्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।