सुनसरीमा ३ राउन्ड गोली चल्यो, २ जना घाइते

सुनसरीमा ३ राउन्ड गोली चल्यो, २ जना घाइते

काठमाडाैं। सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मा गोली चलेको छ।  सोमबार बेलुकी पौनै ७ बजेतिर अज्ञात व्यक्तिले गोली प्रहार गरेपछि त्यही ठाउँमा बस्ने २ जना घाइते भएका छन्।

घटनास्थलमा ३ राउन्ड गोली प्रहार भएको थियो। गोली लागि घाइते हुनेहरुमा २१ वर्षका शिवकुमार मेहता र २७ वर्षका रविनकुमार यादव रहेका छन्। मेहताको पेट र यादवको नाकमा गोली लागेको बताइएको छ।

गोली प्रहार गर्ने व्यक्तिको पहिचान हुन नसेकेको र घटनास्थमा अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ।