काठमाडौं। हुण्डीको मोटो रकमसिहत एक किशोरी प्रहरीको फन्दामा परेकी छन्।
प्रहरीले आइतबार दिउँसो गोरखा पालुङटार नगरपालिका–१० बागडाँडाकी १९ वर्षीया करिना देवकोटालाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपीलराज बोहराका अनुसार उनको साथबाट ९ लाख नगद र ६ लाखको चेक बरामद गरिएको छ। न्यूरोडमा हुन्डी कारोबार भइरहेको सूचनाको आधारमा प्रहरी वृत्त जनसेवाले खोजतलास गरेको बोहराले बताए।