चट्याङ लागेर ६० जनाको मृत्यु

चट्याङ लागेर ६० जनाको मृत्यु

काठमाडाैं। भारतको बिहार र उत्तर प्रदेशमा चट्याङका कारण ६० जनाको मृत्यु भएको छ। चट्याङ, आँधीबेहरी र वर्षाका कारण बिहारमा ३८ र उत्तर प्रदेशमा २२ जनाको मृत्यु भएको बीबीसी समाचारमा उल्लेख छ।

बिहारको आधिकारिक तथ्यांक अनुसार १० अप्रिल २०२५ मा नालंदामा १८, सिवानमा २, कटिहारमा १, दरभंगामा १, बेगुसरायमा १, भागलपुरमा १ र जेहानाबादमा १ जनाको मृत्यु भएको थियो। यसैबीच अप्रिल ९ मा जारी गरिएको आधिकारिक तथ्याङ्क अनुसार, बेगुसरायमा ५, दरभंगामा ४, मधुबनीमा ३ र समस्तीपुरमा १ जनाको मृत्यु भएको छ।

बिहारका मुख्यमन्त्री नीतीश कुमारले मृतकका परिवारलाई प्रतिपरिवार चार लाख रुपैयाँ क्षतिपूर्ति दिन निर्देशन दिएका छन्। यसैबीच उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले राज्यमा मृतकका परिवारलाई ४ लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेका छन्।

उत्तर प्रदेशको राहत आयुक्तको कार्यालयले जारी गरेको तथ्यांक अनुसार, अप्रिल १०, २०२५ मा कुल २२ मानव र ४५ जनावरको मृत्यु भएको छ भने १५ घरहरूमा क्षति पुगेको छ।