काठमाडाैं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्ध व्यापक विरोध प्रदर्शन भएको छ। गत जनवरीमा ट्रम्पले राष्ट्रपतिको पदभार ग्रहण गरेपछिको यो सबैभन्दा ठूलो राष्ट्रव्यापी विरोध प्रदर्शन हो।
ट्रम्पले गरिरहेको अनावश्यक हस्तक्षेपका विरुद्ध अमेरिकाका ५० वटै राज्यका १ हजार २ सय स्थानमा विरोध प्रदर्शनको लक्ष्य रहेको छ। शनिबार बोस्टन, शिकागो, लस एन्जलस, न्यूयोर्क र वाशिंगटन डीसी लगायत अन्य शहरहरूमा हजारौं मानिसहरू प्रदर्शनमा सहभागी भए।
प्रदर्शनकारीहरूले ट्रम्पले अघि सारेका सामाजिकदेखि आर्थिक मुद्दाहरूमा आफ्ना असन्तुष्टि र गुनासोहरू पोखेका छन्।
ट्रम्पले विश्वभरका अधिकांश देशहरूमा आयात शूल्क लगाउने घोषणा गरेको केही दिनपछि, लन्डन, पेरिस र बर्लिन लगायत अमेरिका बाहिर पनि भेलाहरू आयोजना गरियो।