पटाका कारखानामा विस्फोट, १० जनाको मृत्यु

पटाका कारखानामा विस्फोट, १० जनाको मृत्यु

गुजरात । भारतको गुजरातस्थित बनासकांठा जिल्लाको डीसा शहरमा रहेको पटाका कारखानामा आगलागी हुँदा १० जनाको मृत्यु भएको छ।  

दीसा ग्रामीण प्रहरी चौकीका निरीक्षक विजय चौधरीका अनुसार शहरनजिकै अवस्थित कारखानाको केही भाग भत्किँदा श्रृंखलाबद्ध विस्फोट र त्यसपछि आगलागी भएको हो। त्यहाँ धेरै कामदार फसेका थिए।

यसैबीच बनासकांठाका कलेक्टर मिहिर पटेलले भने, 'आज बिहान हामीले डिसाको औद्योगिक क्षेत्रमा ठूलो विस्फोट भएको जानकारी पायौं। दमकल विभाग घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिएको थियो। १० जना कामदारको घटनास्थलमै मृत्यु भयो। धेरै घाइते कामदारहरूलाई विभिन्न अस्पतालमा रिफर गरिएको थियो। विस्फोट यति शक्तिशाली थियो कि कारखानाको स्ल्याब भत्कियो।'