काठमाडौँ । भारतको पश्चिम बङ्गालमा ग्यास सिलिन्डर विष्फोट हुँदा सात जनाको मृत्यु भएको छ ।
परगना जिल्लाको पाठर प्रतिमामा रहेको एक घरमा ग्यास सिलिन्डर विष्फोट हुँदा सात जनाको मृत्यु भएको बीबीसी हिन्दीको समाचारमा उल्लेख छ । सोमबार राति भएको यस घटनामा मारिनेहरूमा चार बालबालिका र दुई महिला पनि रहेको सुन्दरवन प्रहरी कार्यालयकका एसपी कोटेश्वर रावले जानकारी दिए ।
विष्फोटमा परी केही मानिस घाइते भएको समाचारमा जनाएको छ । तर सङ्ख्या खुलाइएको छैन । एक घाइते महिलालाई उनको घरबाट उद्धार गरी अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ ।