तीनकुने क्षेत्रमा कर्फ्यु आदेश जारी

तीनकुने क्षेत्रमा कर्फ्यु आदेश जारी

काठमाडौँ । राजावादीहरूले  तीनकुने क्षेत्रमा  गरेको प्रदर्शन उग्र बनेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले निषेधाज्ञा जारी भएको छ ।

राजावादी प्रदर्शनकारी उग्र भएर व्यक्तिको घर तोडफोड तथा आगजनीमा उत्रिएपछि सम्भावित दुर्घटनालाई टार्न काठमाडौँ प्रशासनले कर्फ्यु आदेश गरेको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले  शान्तिनगर पुलदेखि जडीबुटी हुँदै मनोहरा खोला पुलसम्म कर्फ्यु आदेश गरिएको जानकारी दिए।